+
+
Shares

सरकारबाट बाहिरिनुको पीडा प्रचण्डमा अझै बाँकी छ : एमाले

बर्तौलाले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारात्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:३३

३० असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गरेका छन् ।

सोमबार संसद भवन परिसमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोष्ट्रमबाट पीडाबोध गरेर गएको टिप्पणी गरे ।

‘विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसदमा प्रस्तुती राख्नुभयो, त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित ढंगबाट अभिव्यक्तिहरू दिनुभयो,’ उनले भने ।

बर्तौलाले थपे, ‘हरेक विषयहरूमा त्यस्तै भयो । संसदबाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि उहाँले राख्नुभयो । यो एकदमै बेठिक शैली हो भन्ने लाग्छ ।’

बर्तौलाले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारात्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए ।

‘अहिले संविधान र व्यवस्थाविरुद्ध धमिलो पानीमा माछा पार्ने प्रवृत्तिहरु सलबलाइरहेका छन् । व्यवस्थाका विरुद्ध ढुंगा हान्ने प्रवृत्तिहरु क्रियाशील भइरहेका छन्’ उनले भने, ‘उहाँले सरकारले गरेका राम्रा पक्षहरूलाई पनि सँगसँगै जोडेर अझ गर्नुपर्ने कुरा के हुन् त भन्ने कुरा सुझाव पनि दिनुपर्‍यो नि !’

अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया देखेको भन्दै उनले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?