+
+
Shares

छाउगोठमा युवतीको मृत्यु भएको घटनाप्रति मानव अधिकार संगठनको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १९:३७

३० असार, काठमाडौं । कैलालीको कृष्णनगर नगरपालिका–१ की १८ वर्षीया कमला साउदको छाउगोठमै मृत्यु भएकोमा नेपाल मानव अधिकार संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै  संगठनले छाउपडी प्रथाको कारण महिलाहरुको मृत्यु हुनु गम्भीर मानवीय संकट भएको उल्लेख गरेको छ ।

२६ असार राति छाउपडीमा बसेकी कमलाको करेन्ट लागेर मृत्यु भएको थियो ।

यस्ता प्रथा महिलामाथिको विभेद, मानव अधिकारको उल्लंघन र राज्यद्वारा सुनिश्चित गरिएका मौलिक हकहरूको गम्भीर अपमान भएको संगठनको ठहर छ ।

‘छाउपडी अपमानजनक, अमानवीय र दु:खदायी अभ्यास हो,’ विज्ञप्तिमा उल्लेख छ ।

संगठनले कमलाको मृत्युप्रति दु:ख व्यक्त गर्दै छाउपडी प्रथा अन्त्य गर्न र परम्परा र संस्कारका नाममा प्रथा मान्न बाध्यपार्नेहरुविरुद्ध कारबाही गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?