+
+
Shares

चार्जबाट मोबाइल निकाल्नेक्रममा करेन्ट लागेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको वराहपोखरी गाउँपालिका-४ फाक्टाङमा २५ वर्षीया इन्द्रा राईलाई मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेको थियो।
  • उनी करेन्ट लागेर घाइते भएकी थिइन् र उपचारका लागि अस्पताल लैजाने तयारीको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

३१ असार, काठमाडौं । खोटाङमा मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वराहपोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राई रहेकी छन् ।

प्रहरीका अनुसार सोमबार राति मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?