+
+
Shares

देशमा केही भएन भन्नेहरूलाई सांसद शेर्पाको जवाफ : हिमालवासीहरूले हरेक दिन नुहाउँछन्

देशमा अर्थतन्त्र सुध्रिएकैले जनताको घरघरमा एट्याच बाथरूम भएको उनले तर्क गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले राष्ट्रिय सभाको बैठकमा देशमा केही नभएको भ्रम फैल्याइरहेको आरोप लगाएका छन्।
  • शेर्पाले हिमाली क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारिएको र जनताको घरघरमा एट्याच बाथरूम पुगेको उल्लेख गरे।
  • उनले विदेश पलायन नेपालको मात्रै नभएको र अवसर देखिने ठाउँमा जो कोही जान्छ भन्ने बताए।

३१ असार, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले देशमा केही भएन भन्नेहरूले देशमा भ्रम फैल्याइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै शेर्पाले भने, ‘अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ । केही भएन, केही भएन भन्ने छ । भएको चाहिँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ?’

उनले थपे, ‘मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरूले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ ।’

देशमा अर्थतन्त्र सुध्रिएकैले जनताको घरघरमा एट्याच बाथरूम भएको उनले तर्क गरे ।

‘हाम्रै जातका मान्छेहरू हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्रि तापक्रम हुन्छ, दिनको एक पटक नुहाउने स्थिति छ । यो प्रगति होइन त ?,’ उनले थपे, ‘हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म । चिसो हुन्थ्यो के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो गाह्रो हुन्थ्यो । मैले नै भोगेको कुरा हो ।’

उनले थपे, ‘तर आज हामी हिमाली क्षत्रेमा बसेपनि प्रत्येक दिन नुहाउँछौँ । एटेज बाथरुम छ । अर्थतन्त्र राम्रो छ ।’

उनले हिमाली क्षेत्रका बासिन्दाहरुको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।

सांसद शेर्पाले विदेश पलायन नेपालको मात्रै नभएको बताए । ‘अवसर देखिने ठाउँमा जो कोही पनि जान्छ, यो हाम्रो मात्र समस्या होइन,’ उनले भने ।

अहिले केही भएन भन्ने भ्रम फैल्याइएकोमा उनले आपत्ति जनाए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?