+

ए डिभिजन लिगको लोगो बनाउन आह्वान, उत्कृष्ट डिजाइनलाई ३५ हजार

२०८२ असार  ३१ गते १६:२३ २०८२ असार ३१ गते १६:२३
ए डिभिजन लिगको लोगो बनाउन आह्वान, उत्कृष्ट डिजाइनलाई ३५ हजार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले सहिद स्मारक ए डिभिजन लिगको नयाँ आधिकारिक लोगो डिजाइन गर्न इच्छुक डिजाइनरहरूलाई आवेदन आह्वान गरेको छ।
  • लोगोले फुटबलको भावना, राष्ट्रप्रेम र सहिदप्रतिको सम्मान झल्काउनुपर्नेछ र अनिवार्य रूपमा फुटबल प्रतीक, नेपाली पहिचान, सहिदको प्रतिनिधित्व गर्ने चिह्न तथा 'सहिद स्मारक ए डिभिजन लिग' पाठ समावेश गर्नुपर्नेछ।
  • डिजाइन पेश गर्ने अन्तिम म्याद २०८२ भदौ १५ तोकिएको छ र उत्कृष्ट लोगो डिजाइन गर्ने विजेतालाई एन्फाबाट नगद रु. ३५ हजार प्रदान गरिनेछ।

२६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको नयाँ आधिकारिक लोगो डिजाइन गर्न इच्छुक डिजाइनरहरूलाई आवेदन आह्वान गरेको छ।

एन्फाका अनुसार लोगोले फुटबलको भावना, राष्ट्रप्रेम र सहिदप्रतिको सम्मान झल्काउनुपर्नेछ। लोगोमा अनिवार्य रूपमा फुटबल प्रतीक (जस्तै बल, गोलपोष्ट), नेपाली पहिचान (राष्ट्रिय झण्डा वा रंग), सहिदको प्रतिनिधित्व गर्ने चिह्न, साथै ‘सहिद स्मारक ए डिभिजन लिग’ भन्ने पाठ समावेश गर्नुपर्नेछ।

डिजाइनरहरूले मौलिक डिजाइन तयार गरी एआई (एडोब इलुस्ट्रेटर) फाइलमा पठाउनुपर्नेछ। लोगो प्रिन्ट, डिजिटल र टेलिभिजन प्रसारणमा प्रयोग गर्न मिल्ने हुनुपर्ने एन्फाले जनाएको छ।

डिजाइन पेश गर्ने अन्तिम म्याद २०८२ भदौ १५ (अगस्ट ३१, २०२५) तोकिएको छ। उत्कृष्ट लोगो डिजाइन गर्ने विजेतालाई एन्फाबाट नगद रु. ३५ हजार प्रदान गरिनेछ।

चयन भएको लोगोमा आवश्यक परे संशोधन गर्ने र सबै आधिकारिक प्रयोजनमा प्रयोग गर्ने अधिकार एन्फासँग रहने जनाइएको छ।

ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय