+
+
Shares

एमाले फर्किएपछि भण्डारीले सार्वजनिक गरिन् निजी वेबसाइट

वेबसाइटमा समावेश सामग्रीहरु थप परिमार्जन र अद्यावधिक गर्दै जाने स्वकीय सचिव राईले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन्।
  • उनले सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका भूमिका, अन्तर्राष्ट्रिय सहभागिता, विचार र तस्वीरसहितका स्मृतिहरु वेबसाइटमा संग्रहित गरिएको स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्।
  • स्वकीय सचिव राईले वेबसाइटमा समावेश सामग्री थप परिमार्जन र अद्यावधिक गर्दै जाने बताए।

३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन् ।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी हुन् ।

भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरु र तस्वीरसहितका स्मृतिहरु संग्रहित गर्न वेबसाइट निर्माण गरिएको उनका स्वकीय सचिव राजकुमार राईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘यो वेबसाइट पूर्वराष्ट्रपति श्रीमती विद्या देवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरु, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

वेबसाइटमा समावेश सामग्रीहरु थप परिमार्जन र अद्यावधिक गर्दै जाने स्वकीय सचिव राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?