News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध पहिलो हाफमा ५-० को अग्रता बनाएको छ।
- नेपालका लागि मिना देउवा र पूर्णिमा राईले २-२ तथा समिक्षा मगरले १ गोल गरेका छन्।
- प्रतियोगितामा बंगलादेश ९ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटान समान ३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।
३१ असार, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ५-० को अग्रता बनाएको छ ।
भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मिना देउवा र पूर्णिमा राईले २-२ तथा समिक्षा मगरले १ गोल गरेका छन् ।
खेलको आठौं मिनेटमा मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले नेपालको अग्रता दोब्बर पारिन् ।
४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रतामा पुर्याइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै अग्रता अझ फराकिलो बनाइन् ।
नेपालले यीबाहेक पनि अन्य धेरै अवसरहरू पाउँदा गोलमा परिणत भने गर्न सकेको छैन ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया 4