+

लुम्बिनी लायन्सको सिइओमा भावना घिमिरे

२०८२ असार  ३२ गते १६:३७ २०८२ असार ३२ गते १६:३७
लुम्बिनी लायन्सको सिइओमा भावना घिमिरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले भावना घिमिरेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
  • घिमिरेले नेपाल क्रिकेट संघको सिइओको रूपमा काम गरिसकेकी छन् र आईसीसीका विभिन्न प्रतियोगितामा परामर्शदाताको भूमिका निर्वाह गरेकी छन्।
  • लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, 'हामी भावना घिमिरेलाई लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं।'

३२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले भावना घिमिरेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) की सीइओ समेत रहेकी घिमिरेको क्रिकेट व्यवस्थापन र नेतृत्वमा अनुभवसम्पन्न घिमिरेले टिमको रणनीतिक योजना र दीर्घकालीन लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान गर्ने क्लबले अपेक्षा गरेको छ।

उनले घरेलु क्रिकेटसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि काम गरेकी छन्, जसअन्तर्गत आईसीसीका विभिन्न प्रतियोगितामा परामर्शदाताको भूमिका निर्वाह गरेकी थिइन्।

लुम्बिनी लायन्सले घिमिरेको नियुक्तिले टिम व्यवस्थापन सुधार्न र खेलाडी विकासमा ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

नियुक्ति सम्बन्धमा बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, ‘हामी भावना घिमिरेलाई लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। क्रिकेटप्रतिको उनको अनुभव र समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्‍याउनेछ। हामी विश्वास गर्छौं कि उनको नेतृत्वमा हाम्रो यात्रा अझ प्रेरणादायी र सफल हुनेछ।’

लुम्बिनीले एनपीएलको दोस्रो सिजनका लागि अघिल्लो सिजनका मार्की तथा कप्तान रोहित पौडेलसहित ६ खेलाडी रिटेन गरेको छ ।

भावना घिमिरे लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय