News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर क्विन्सले दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि सलिना श्रेष्ठलाई रिटेन गरेको छ।
- सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणमा उपविजेता भएको थियो र टोलीले मुख्य प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक युगेश हमाललाई नियुक्त गरेको छ।
- दोस्रो संस्करणको लिग भदौ २० देखि २८ सम्म हुनेछ र सहभागी टोलीहरूले शुक्रबार अक्सनबाट खेलाडी खरिद गर्ने छन्।
१ साउन, काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ । गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्वकप्तान सलिनालाई रिटेन गरेको हो ।
सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा उपविजेता भएको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ भने सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ सम्म हुनेछ ।
दोस्रो संस्करणको लागि सहभागी टोलीहरूले अक्सन बाट खेलाडी खरिद गर्ने छन् । शुक्रबार दिउसो अक्सन हुने तालिका रहेको छ ।
प्रतिक्रिया 4