
News Summary
Generated by OK AI. Editorially reviewed.- भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोसेस पाण्डेले फिल्म 'जनै हराएको मान्छे'को गीत 'बुवा'मा पाश्र्वगायनमा डेब्यु गरेका छन्।
- संगीतकार अर्जुन पोखरेलले पाण्डेको गायकी मन परेको र अर्को गीत गाउन दिने बताएका छन्।
- फिल्म 'जनै हराएको मान्छे'लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् र यो भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । चर्चित नेपाली टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को सिजन ६ का विजेता प्रोसेस पाण्डेले पाश्र्वगायनमा डेब्यु गरेका छन् ।
केही दिनअघि अर्जुन पोखरेलको शब्द, संगीत र प्रोसेसको स्वरमा फिल्म ‘जनै हराएको मान्छे’को गीत ‘बुवा’ रेकर्ड भएको छ ।
संगीतकार पोखरेलले पाण्डेको गायकी मन परेको र अर्को एक गीत गाउन दिने भएका छन् ।
भ्वाइसको प्रतिस्पर्धामा पनि प्रोसेसले फिल्मका गीत गाउँदै दर्शकलाई मन्त्रमुग्ध तुल्याएका थिए । लोकदोहोरी मात्र होइन, पाश्र्वगीतलाई पनि प्रतिस्पर्धाको हिस्सा बनाएका थिए ।
दक्षिण कोरिया जान संघर्ष गर्ने पात्रको मर्मस्पर्शी कथामा बनेको फिल्म ‘जनै हराएको मान्छे’लाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । यो फिल्म भदौ ६ गते प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4