+

हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट

२०८२ साउन  १ गते १८:२८ २०८२ साउन १ गते १८:२८
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन्।
  • पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले दुई खेलाडी सहभागी हुने जानकारी दिए।
  • सिवाकोटीले विश्व पारा एथलेटिक्समा नेपालको पहिलो सहभागिता हुने र यो ऐतिहासिक अवसर भएको बताए।

१ साउन, काठमाडौं । हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् ।

भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् ।

हिमालले सटपुट तथा प्रभाले लङजम्पमा प्रतिस्पर्धा गर्ने छन् । प्रभाले गत फेब्रुअरीमा नयाँ दिल्लीमै भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमै रजत पदक जितेकी थिइन् ।

अध्यक्ष सिवाकोटीले विश्व पारा च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिताको अवसर पाउनु ऐतिहासिक भएको बताउदै विश्व पारा एथलेटिक्समा नेपालको पहिलो सहभागिता हुने बताए ।

विश्व पारा एथलेटिक्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय