+

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको प्रतिस्पर्धात्मक जित

२०८२ साउन  २ गते ७:१७ २०८२ साउन २ गते ७:१७
काभा च्याम्पियन्स लिग : हेल्प नेपालको प्रतिस्पर्धात्मक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिग भलिबलमा धिवेही सिफान क्लबलाई पाँचौं सेटमा ३३-३१, २५-२०, २२-२५, २०-२५ र १५-८ को सेटमा हराएको छ।
  • हेल्प नेपालले सुरुवाती दुई सेट जिते पनि बाँकी दुई सेट गुमाएर पाँचौं सेटमा पुगेको थियो।
  • नेपालको टोलीले माल्दिभ्सको अर्को क्लब एचडीसीसँग आज बेलुकी १०:३० मा दोस्रो खेल खेल्नेछ।

२ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिग भलिबलमा नेपाली टोली हेल्प नेपाल स्पोर्ट्स क्लबले प्रतिस्पर्धात्मक जित निकालेको छ ।

हेल्प नेपालले माल्दिभ्सको धिवेही सिफान क्लबलाई पाँचौं सेटमा हराएको हो । सुरुवाती २ सेट जितेपनि बाँकी २ सेट हेल्प नेपालले गुमाउँदा पाँचौं सेटमा पुगेको थियो ।

हेल्प नेपालले ३३-३१, २५-२०, २२-२५, २०-२५ र १५-८ को सेटमा हरायो ।

नेपालले अब आफ्नो दोस्रो खेलमा माल्दिभ्सको अर्को क्लब एचडीसीसँग आजै बेलुकी १०:३० मा खेल्ने छ ।

क्लब एचडिसी पहिलो खेलमा किर्गिस्तानको बिस्केट- किर्गिस्तानसँग पराजित भएको थियो ।

काभा च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय