३ साउन, काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिएका छन् ।
अन्तिम चरणमा ४० खेलाडी बन्द प्रशिक्षणमा थिए । त्यसबाट मुख्य प्रशिक्षक नविन न्यौपानेले खेलाडी संख्या घटाएर ३२ मा झार्दा ८ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपाली यू-२३ टोलीले आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा भाग लिनेछ । त्यसैका लागि अहिले टिम तयारीमा जुटेको हो ।
छनोटमा नेपाल समूह के मा छ । यस समूहमा ताजिकिस्तान, सिरिया र फिलिपिन्स पनि छन् ।
प्रशिक्षणमा रहेका खेलाडीहरू : अभिषेक स्याङ्तान, अभिषेक वाइबा, आयुष घलान, आयुष तिम्सिना, अमित तामाङ, अनिल बम्जन, अनिश छेत्री, एरन थापा, विवेक गुरुङ, बिशाल केसी, बिशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्मजय धामी, जियारत सेख, कृशल मोक्तान, कृतीश रत्न छुन्जु, लाहन सुब्बा, निङ्मा लामा, निराज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सबिन घिमिरे, संजीव लामा, शंकर थारु, सन्तोष खत्री, सेमान्त थापा, सुजन मगर, सुमित श्रेष्ठ
प्रतिक्रिया 4