+
+
Shares

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा मंगलबार हुने तय भएको छ।
  • गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको १२ सदस्यीय टोली सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए।
  • छलफलमा क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र पारस्परिक कानुनी सहायता लगायत विषयमा छलफल हुने बताइएको छ।

४ साउन, काठमाडौं । नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुने भएको छ ।

गृहसचिव स्तरीय छलफल मंगलबार हुने तय भएको छ । त्यसका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।

उनका अनुसार गृहसचिवसहित १२ सदस्यीय टोली नयाँ दिल्ली जाने । जहाँ गृहसचिव गोकर्णमणि दुवाडीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक जना एआईजी, परराष्ट्रट मन्त्रालय, कानून मन्त्रालयका सहसचिव, नापी विभागका महानिर्देशकसहितको टोली नयाँ दिल्ली जान लागेको हो ।

यो छलफल विशेषगरी सुरक्षासँग समन्धीत हुने प्रवक्ता तिवारीले बताए । जहाँ क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, सूचना संयन्त्र तथा इन्टेलिजेन्स, लागुऔषध नियन्त्रण र चोरी तस्करी लगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पारस्परिक कानुनी सहायता (एमएलए) को विषयमा पनि छलफल हुने बताइएको छ । हरेक वर्ष बस्दै आएको गृहसचिवस्तरीय छलफल सन् २०१६ पछि बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?