
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन ४ गतेसम्म देशभर ७२ दशमलब १४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ भने गत वर्ष यही अवधिसम्म ८४ दशमलब ६ प्रतिशत भूभागमा रोपाइँ भइसकेको थियो।
- मधेश प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा धान रोपाइँ भएको छ र सुख्खा तथा सिंचाइ अभावले रोपाइँ प्रभावित भएको छ।
- लुम्बिनी, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा क्रमशः ८७ दशमलब ९३, ६१ दशमलब ७९, ८७ दशमलब १९, ७९ दशमलब २८ र ८७ दशमलब ९३ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ।
४ साउन, काठमाडौं । यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यत: जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो ।
जबकी गत वर्ष यही अवधिसम्म देशभर ८४ दशमलब ६ प्रतिशत भूभागमा भइसकेको धान भएको कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याकंले देखाउँछ ।
विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार सबभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा आइतबारसम्म जम्मा ४६ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । मधेशमा सुख्खाका कारण रोपाइँ प्रभावित भएको हो । सिंचाइ अभावले साउन लाग्दासम्म पनि धेरै क्षेत्रमा रोपाइँ प्रभावित भएको देखिन्छ ।
मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य भूभाग छ । जसमा हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
मधेशपछि बढी धान खेती हुने प्रदेश लुम्बिनी हो । लुम्बिनीको ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ भएको छ ।
यस्तै कोशी प्रदेशमा ६१ दशमलब ७९ प्रतिशत, बाग्मतीमा ८७ दशमलब १९ प्रतिशत, गण्डकीमा ७९ दशमलब २८ प्रतिशत र लुम्बिनी र कर्णालीमा समान ८७ दशमलब ९३ प्रतिशत रोपाइँ भएको छ ।
मधेशपछि धान खेती कोशी प्रदेशमा हुन्छ । कोशीको कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये साउन ४ गतेसम्म १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ ।
बाग्मती प्रदेशको १ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर, गण्डकीको ९४ हजार १ सय ८२ हेक्टरमध्ये ७४ हजार ६ सय ६४ हेक्टर र कर्णाली प्रदेशको ४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टरमा रोपाइँ सकिएको छ ।
प्रतिक्रिया 4