+
+
Shares

जुवातास खेलेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १६:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले जुवातास खेलेको आरोपमा पाँच जनालाई काठमाडौंको ताहचलबाट पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा सर्लाही, काभ्रे, चन्द्रागिरी, नुवाकोट र शंखरापुरका पाँच जना छन्।
  • पक्राउ परेकाहरूको साथबाट १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक तास बरामद गरिएको छ।

४ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएका ४५ वर्षीय सोमबहादुर तामाङ, शंखरापुर नगरपालिका–१ का ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरी नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिर राज थापा र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय परशुराम श्रेष्ठ छन् ।

उनीहरूलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । ताहचलको एक घरमा जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसुपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?