News Summary
Generated by OK AI. Editorially reviewed.- तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठलाई अमेरिकाको क्यालिफोर्नियामा भएको वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित गरिएको छ।
- काजलले १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता भएर ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।
- प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी र ८० निर्णायकको सहभागिता रहेको थियो।
४ साउन, काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् ।
अमेरिकाको क्यालिफोर्नियामा जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए ।
काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
२०२५ को वाटन ओपनमा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।
प्रतिक्रिया 4