+

होन्डाको नेतृत्वमा रहेको एसिया वारियर्स एफसीमा रोहित चन्द पनि समावेश

२०८२ साउन  ५ गते ११:२६ २०८२ साउन ५ गते ११:२६
होन्डाको नेतृत्वमा रहेको एसिया वारियर्स एफसीमा रोहित चन्द पनि समावेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दलाई जापानी फुटबल लिजेन्ड केसुके होन्डाको नेतृत्वमा बनेको एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।
  • एसिया वारियर्स एफसीले जुलाई २७ मा मलेसियाको एमबीपीजे स्टेडियममा सेलंङ्गोर एफसीविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ र रोहित चन्द पनि टोलीमा छन्।
  • यो परियोजनाले एसियाली फुटबलरहरूलाई एकजुट गर्दै शान्ति, आशा र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दलाई जापानी फुटबल लिजेन्ड केसुके होन्डाको नेतृत्वमा बनेको एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।

सन् २०२५ मा सुरु गरिएको यो विशेष पहलले एसियाली फुटबलरहरूलाई एउटै टोलीमा ल्याउँदै खेलमैत्री वातावरणसँगै एकता र विश्वव्यापी सन्देश फैलाउने उद्देश्य राखेको छ।

एसिया वारियर्स एफसी जापानी स्टार होन्डा र फिलिपिनी आइकन एन्टोन डेल रोजारियोको संयुक्त परियोजना हो, जसले फुटबलमार्फत शान्ति, आशा र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

यस परियोजनाअन्तर्गत टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने तय छ। पहिलो खेल जुलाई २० मा ब्राविजाया स्टेडियममा पर्सिक केदीरीविरुद्ध भइसकेको छ । जहाँ वारियर्स २-० ले पराजित भयो । ‍

दोस्रो मैत्रीपूर्ण खेल जुलाई २७ मा मलेसियाको एमबीपीजे स्टेडियम, पेटालिङ जायामा सेलंङ्गोर एफसीविरुद्ध हुनेछ। उक्त खेलका लागि भने रोहित पनि टोलीमा समावेश भएका छन् । यस खेलमा रोहितले खेल्ने सम्भावना पनि छ ।

यस पहलमार्फत होन्डा र डेल रोजारियोले एशियाभरका चर्चित खेलाडीहरूलाई एकजुट गर्दै खेलमार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेका छन्।

रोहित चन्द

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय