+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नदीमा पुल नहुँदा हुम्ला हुँदै मानसरोवर जाने पर्यटकलाई सास्ती

दुई दिनअगाडि एक रात नदीमै फस्यो गाडी

नाम्खा हुँदै लिमी लाप्चा दर्शन गर्न जाने पर्यटकहरूले सास्ती व्‍यहोर्नु परेको छ भने सवारी साधन नदीमा फस्ने गरेको हो ।

नरजन तामाङ नरजन तामाङ
२०८२ साउन ५ गते १७:४५

५ साउन, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका- ६ तम्लिङमा पुल नहुँदा  मानसरोवर दर्शन गर्न जाने पर्यटक र ओहोरदोहोर गर्ने स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।

नाम्खा हुँदै लिमि लाप्चा दर्शन गर्न जाने पर्यटकहरूले सास्ती व्‍यहोर्नु परेको छ भने सवारी साधन नदीमा फस्ने गरेको हो ।

शनिबार नाम्खा गाउँपालिका- ६ तम्लिङमा पुल नहुँदा एक रात नदीमै गाडी फसेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उनले भने, ‘ यहाँका नदीनालामा पुल नहुँदा यात्रा गर्ने पर्यटकलाई सास्ती त छदैछ। गाडीहरू पनि नदीमा फसिरहेका छन्।ट्रकले नदी पार गर्न सके पनि बलेरोलगायतका साना सावरीहरूलाई खोला नदी तर्न गाह्रो भइरहेको छ।’

उनले यहाँका स्थानीयहरू पनि ज्यान जोखिममा राखेर नदी तर्न बाध्य रहेको गुनासो गरे । ‘हामी पनि यहाँ आफ्नो ज्यान जोखिममा राखेर नदीमा वारपार गर्न बाध्य छौं।’ उनले गुनासो गरे ।

उनका अनुसार लिमि लाप्चा भूमिबाट मानसरोवर कैलाश दर्शन गर्न बर्सेनि आउजाउ गर्छन्।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?