
५ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
आजबाट सुरु भएको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
उक्त प्रतिवेदनहरूमाथि ४९ जना सदस्यले धारणा राखेका हुन् ।
गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले आजको बैठकमा धारणा राखेका हुन् ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे धारणा प्रस्तुत गरेका थिए ।
स्थानीय पार्टी कामलाई व्यवस्थित गर्ने लगायतका विषयमा कुरा राख्ने क्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अर्को बैठक भोलि बिहान ११ बजे पुन: बस्नेछ ।
प्रतिक्रिया 4