News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्णिमा राईले बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा ६ खेलमा १० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितिन्।
- नेपालले अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भई उपविजेता रह्यो भने बंगलादेशले पाँचौं पटक साफ यू-२० च्याम्पियनशिप जित्यो।
- बंगलादेशकी सागोरिका मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् र उनले नेपालविरुद्धको खेलमा चार गोल गरिन्।
५ साउन, काठमाडौं । पूर्णिमा राई बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेकी छन् ।
६ खेलमा कुल १० गोल गरेकी पूर्णिमाले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । उनको नाममा दुई ह्याट्रिक समेत रहेको थियो ।
यस्तै बंगलादेशकी सागोरिका मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । उनले सोमबारको अन्तिम खेलमा नेपालविरुद्ध एक्लै चार गोल गरेकी थिइन् ।
नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर ३ खेलका लागि सस्पेन्ड भएपनि सागोरिकाले उत्कृष्ट पुनरगामन गरेकी हुन् ।
त्यस्तै उत्कृष्ट गोलकिपर बंगलादेशकी मिली अख्तर घोषित भइन् भने फेयर प्ले अवार्ड श्रीलंकाले जित्यो ।
सोमबार भएको प्रतियोगिताको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएर उपविजेतामा सीमित भएको थियो ।
बंगलादेश भने पाँचौंपटक साफ यू-२० च्याम्पियन बनेको हो ।
प्रतिक्रिया 4