+
+
Shares

मधेशमा पानीको हाहाकार, सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १३:३५
आनन्दप्रसाद ढुंगाना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशमा पानीको हाहाकार भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
  • नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गराएका छन्।
  • लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले मेची महाकालीसम्म समस्या फैलिन सक्ने बताएका छन्।

६ साउन, काठमाडौं । मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या विस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गरे ।

‘जनताले पानी समेत नपाउने अवस्थ आयो । बारुण यन्त्रमार्फत पानी लैजानुपर्ने अवस्था छ । यसमा सरकार गम्भीर बनोस् र तत्काल समस्या समाधानमा ध्यान दियोस्,’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले पनि सरकारको ध्यानाकर्षण गरे ।

‘मधेशमा विकराल परिस्थिति सिर्जना भइसकेको छ । यो समस्या मेची महाकालीसम्मै पुग्न सक्दछ,’ उनले भनेका छन्, ‘पहिले मधेशमा १८ फिटमा पहिले पानी पाइन्थ्यो । अहिले कतै कतै साढे ३ सय फिटमा समेत पानी नपाउने अवस्था आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?