+

साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता नेपाली टिम स्वदेश फर्कियो

२०८२ साउन  ६ गते १५:२८ २०८२ साउन ६ गते १५:२८
साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता नेपाली टिम स्वदेश फर्कियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला यू-२० फुटबल टोली बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बन्यो।
  • नेपालले बंगलादेशसँगको निर्णायक खेलमा ४-० ले पराजित भएर उपाधि जित्न सकेन।
  • प्रतियोगितामा नेपालले ४ जित र २ हारसहित १२ अंक जोडेर दोस्रो स्थान हासिल गरेको हो।

६ साउन, काठमाडौं । बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का  प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपाली टोली प्रतियोगितामा उपविजेता भयो । डबल राउण्ड रोबिनमा खेलाइएको प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो ।

सोमबार बेलुका भएको बंगलादेशसँगको निर्णायक खेलमा ४-० को हार बेहोरेपछि नेपाल उपाधिविहीन बनेको थियो । यस खेलमा जित निकालेको अवस्थामा नेपालको उपाधि जित्ने सम्भावना रहन्थ्यो ।

बंगलादेश, नेपाल, भुटान र श्रीलंका गरी चार टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो ।

यस्तै नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो भयो । नेपालले भुटानलाई ६-१ र ८-० तथा र श्रीलंकालाई दुवै खेलमा ७-० गोलअन्तरले हराएको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

नेपाली यू-२० महिला टिम साफ यू-२० महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय