+
+
Shares
नाटक :

मण्डलामा ‘चन्द्रलाई कसले मार्‍यो’ मञ्चन

रंगकर्मी सन्दीप श्रेष्ठले परिकल्पना, लेखन तथा निर्देशन गरेको यो नाटकले एलजीबीटीक्यूआइएईप्लस समुदायभित्रको पीडा र उनीहरूले भोग्दै आएको आत्मसंघर्षलाई मुख्य विषयवस्तु बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटक 'चन्द्रलाई कसले मार्‍यो' असार २५ देखि साउन १८ सम्म मण्डला थिएटरमा मञ्चन हुँदैछ।
  • नाटकले क्वियर समुदायको आत्मअन्वेषण, मानसिक संघर्ष र आत्महत्याजस्ता संवेदनशील विषय समेटेको छ।
  • रंगकर्मी सन्दीप श्रेष्ठले निर्देशन गरेको नाटकमा भावना उप्रेती, सीतादेवी तिमल्सेना लगायत कलाकारले अभिनय गरेका छन्।

काठमाडौं । नाटक ‘चन्द्रलाई कसले मार्‍यो’को मञ्चन अहिले मण्डला थिएटरमा मञ्चन भैरहेको छ । असार २५ देखि मञ्चन सुरु नाटक साउन १८ सम्म चल्नेछ ।

लैंगिक अल्पसंख्यक क्वियर समुदायको आत्मअन्वेषणको गहिरो प्रश्न बोकेको नाटकले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको छ ।

नाटकले फरक लैंगिक क्षमता भएका एक व्यक्तिले आफूलाई खोज्दै जाँदाको मानसिक संघर्ष, अवसाद र आत्महत्याजस्ता संवेदनशील पक्षलाई समेटेको छ ।

रंगकर्मी सन्दीप श्रेष्ठले परिकल्पना, लेखन तथा निर्देशन गरेको यो नाटकले एलजीबीटीक्यूआइएईप्लस समुदायभित्रको पीडा र उनीहरूले भोग्दै आएको आत्मसंघर्षलाई मुख्य विषयवस्तु बनाएको छ ।

सम्बन्धको बदलिँदो स्वरूप, हरेक पात्रको फरक दृष्टिकोण र ‘चन्द्र’ पात्रको आँखाबाट संसार हेर्ने प्रयास यो नाटकमा गरिएको छ ।

नाटकमा निर्देशक श्रेष्ठसहित भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईंले अभिनय गरेका छन् ।

नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त शोका साथ मञ्चन हुने मण्डलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?