+
+
Shares

कांग्रेसको नयाँ प्रस्ताव : २ होइन ४ वर्ष राखाैं कुलिङ पिरियड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव राष्ट्रियसभामा अगाडि सारेको छ।
  • नेकपा एमालेले कुलिङ पिरियड नराख्ने संशोधन प्रस्ताव राखेपछि कांग्रेस सांसद नारायणदत्त भट्टले ४ वर्षको प्रस्ताव अघि सारेका छन्।
  • सांसद भट्टले कुलिङ पिरियडमा संशोधन गर्ने प्रयासलाई गम्भीर विषय भन्दै २०८४ सालको चुनाव नजिक रहेको चेतावनी दिएका छन्।

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ ।

मंगलबार राष्ट्रियसभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने बताएका हुन् ।

‘कुलिङ पिरियड हुनैपर्छ’, उनले भने, ‘२ को ठाउँमा ४ बनाउनुपर्छ ।’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि राजीनामा दिएको वा अवकाश भएको २ वर्षसम्म संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने प्रावधान छ ।

तर, यो प्रावधान निष्क्रिय पार्ने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधिसभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ । राष्ट्रियसभामा भने विधेयक अगाडि बढेको छ ।

राष्ट्रियसभामा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन प्रस्ताव राखेका छन् । कुलिङ पिरियड नै नराख्ने प्रस्तावको विरोध गर्दै कांग्रेस सांसद भट्टले बरु कुलिङ पिरियडको अवधि २ वर्ष नभएर ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।

कुलिङ पिरियड नै नराख्ने प्रस्ताव गर्नेहरूप्रति उनको प्रश्नसहितको चेतावनी छ, ‘कुलिङ अफ पिरियडमा संशोधन हालेका सबैमान्यज्यूहरुको संशोधन अगाडि बढेन भनेर आज जसरी जनचासोको विषय बनेर बसेको छ । यो गम्भीर विषय हुनेछ । यसमा जुन मान्छेले दायाँ बायाँ गर्न खोज्छ ख्याल गरे हुन्छ २०८४  धेरै टाढा छैन ।’

जे जस्तो संशोधन परेता पनि राष्ट्रिय सभाले विवेकसम्मत निर्णय लिने उनको विश्वास छ । ‘यो राष्ट्रियसभाले कुलिङ अफ पिरियडको विषय मात्रै होइन । सबै आउने विधेयकहरुमा ध्यानपूर्वक राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गर्छ’, सांसद भट्टको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?