News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तान फुटबल फेडेरेसनले नोर्बर्टो सोलानोलाई सिनियर र यू–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- सोलानो २०१८ विश्वकपमा पेरुको प्रशिक्षक टोली सदस्य र २०२२ विश्वकप छनोटमा प्रशिक्षक रहिसकेका छन्।
- अर्जेन्टिनाका जर्ज कास्टानेइरालाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ।
६ साउन, काठमाडौं । पाकिस्तान फुटबल फेडेरेसनले पेरुका फुटबल लिजेन्ड नोर्बर्टो सोलानोलाई पाकिस्तानको सिनियर राष्ट्रिय फुटबल टोली तथा यू–२३ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
प्रो लाइसेन्सप्राप्त ४८ वर्षीय सोलानो २०१८ विश्वकपमा पेरुको प्रशिक्षक टोलीको सदस्य रहिसकेका छन् भने २०२२ विश्वकप छनोटमा पनि टोलीलाई प्रशिक्षण दिएका थिए।
उनले विभिन्न क्लबहरूलाई पनि प्रशिक्षण दिइसकेका छन्। खेलाडीका रूपमा उनले ३०० भन्दा बढी व्यवसायिक खेल खेलेका छन् । उनले इंग्लिस प्रिमियर लिग क्लब न्युकासल, हल सिटी, लेस्टर सिटफलगायतका क्लबबाट खेलेका छन् ।
सोलानोसँगै अर्जेन्टिनाका जर्ज कास्टानेइरा सहायक प्रशिक्षक हुनेछन्। कास्टानेइराले यसअघि भेनेजुएला राष्ट्रिय टोली र विभिन्न क्लबहरूसँग काम गरेका छन्।
यो नियुक्ति पाकिस्तान फुटबल फेडेरेसन कार्यसमितिको मतदानबाट अनुमोदन भएको हो। १३ मध्ये ७ सदस्यले पक्षमा र ६ सदस्यले विपक्षमा मतदान गरेका थिए।
दुवै प्रशिक्षकले पाकिस्तानको वरिष्ठ र यू–२३ टोलीसँग पनि काम गर्न सहमति जनाएका छन्। उनीहरूलाई एक वर्षको प्रारम्भिक करारमा यसै हप्ताभित्र हस्ताक्षर गरिने फेडेरेसनले जनाएको छ।
प्रतिक्रिया 4