+
+
Shares

पार्टी काममा फर्किइन् विन्दा पाण्डे

आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै पाण्डे पार्टी काममा फर्किएकी हुन् । गत ११ असारको सचिवालय बैठकले पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निम्बलन फुकुवाको निर्णय गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १७:५८

६ साउन, काठमाडौं । व्यापारीको दानमा केन्द्रीय कार्यालय भवन लिने निर्णयविरुद्ध लेखे बोलेबापत निलम्बनमा परेकी नेकपा एमाले स्थायी कमिटी विन्दा पाण्डे पार्टी काममा फर्किएकी छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै पाण्डे पार्टी काममा फर्किएकी हुन् । गत ११ असारको सचिवालय बैठकले पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निम्बलन फुकुवाको निर्णय गरेको थियो ।

यद्यपि औपचारिक जानकारी नपाएको भन्दै पार्टीको बैठकहरुमा सहभागी भएकी थिइनन् । २–३ साउनमा चलेको पोलिटब्यूरो र हिजो सुरु भएको केन्द्रीय समिति बैठकमा अनुपस्थित थिइन् ।

तर महासचिव शंकर पोखरेलले निलम्बन फुकुवाको निर्णय भइसकेको र वेवसाइडमा रहेको निलम्बन प्राविधिक समस्या मात्र रहेको बताएपछि पाण्डे आजको बैठकमा सहभागी भइन् ।

पाण्डेका अनुसार अब उनी पार्टी जिम्मेवारी लिएर काम थाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?