+
+
Shares

देशको राजनीति अस्थिर हुनुमा सबैभन्दा बढी दोष माओवादीको छ : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १८:१९

६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राजनीतिक अवस्था लथालिंग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाए ।

‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टको दोष छ । कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ,’ उनले भने ।

उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरुलाई नरहेको पनि बताए ।

‘आजको राजनीति भ्रष्ट हुनु, लथालिंग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्‍याउनुमा सबैभन्दा त्रुटि माओवादीको छ । हाम्रो हो नि । हाकी उम्किने ठाउँ छैन,’ उनले भने ।

स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?