+
+
Shares

निफ्राको नाफा १३ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षमा १३.८५ प्रतिशतले खुद नाफा घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ कमाएको छ।
  • बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको २ अर्ब ५५ करोडबाट घटेर १ अर्ब ८९ करोड रुपैयाँमा झरेको छ।
  • सेयर बजार बढ्दै गएपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ६.५१ प्रतिशतले बढेर ३१० रुपैयाँ ९० पैसा पुगेको छ।

७ साउन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा १३. ८५ प्रतिशत घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ थियो । कम्पनीको वितरणयोग्य नाफा १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ छ ।

खुद ब्याज आम्दानीमा आएको कमीले नाफामा संकुचन आएको देखिन्छ । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ८९ करोडमा झर्‍यो ।

त्यस्तै बैंकले यो पटक लोनलस प्रोभिजनवातको ४ करोड ४२ लाख रुपैयाँ फिर्ता ल्याउन सफल भएको छ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने यस बैंकको निष्क्रिय कर्जा शून्य छ । सीडी रेसियो ६५. २५ प्रतिशत छ । यो अनुपातले थप कर्जा लगानीका लागि बैंक सहज अवस्थामा रहेको देखाउँछ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २८ पैसा छ । परियोजनाहरुमा बैंकहरुबीच नै लगानीका लागि तिव्र प्रतिस्पर्धालाई कम्पनीले व्यवसायिक चुनौतीका रुपमा औंल्याएको छ ।

सेयर बजार बढ्दै जाँदा दोस्रो बजारमा यस कम्पनीको मूल्य पनि बढ्दै गएको छ । मंगलबार सेयर मूल्य प्रतिकित्ता ६.५१ प्रतिशत बढेर ३१० रुपैयाँ ९० पैसा पुगेको छ । विगत एक महिनामा कम्पनीको मूल्य १३.९ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?