
News Summary
Generated by OK AI. Editorially reviewed.- हाँस्यकलाकार शिवशंकर रिजालले गाईजात्रा लक्षित हाँस्यव्यंग्य 'मिसन नौटंकी' ओएसआर डिजिटलमार्फत सार्वजनिक गरेका छन्।
- उनले 'मिसन ८४'लाई नौटंकी भन्दै नेताहरुको भ्रष्टाचार र गलत क्रियाकलापलाई व्यंग्य गरेका छन्।
- राधिका हमाल, प्रेम शर्मा पौडेल लगायतको अभिनय रहेको यो प्रस्तुति २२ औं गाईजात्रा कोसेली हो।
काठमाडौँ । हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक वर्ष गाईजात्रा लक्षित हाँस्यव्यंग्य सामग्री ल्याउँछन् । यसवर्ष पनि उनले नेतालाई कटाक्ष गर्दै गाईजात्रे कमेडी ‘मिसन नौटंकी’ ल्याएका छन् ।
यो प्रस्तुतिमा उनले देशका चासो र चिन्ताको विषय बनेको भष्टाचार र नेताहरुको गलत क्रियाकलापलाई व्यंग्य गरेका छन् । दलका नेताले पछिल्लो समय भन्ने ‘मिसन ८४’लाई उनले नौटंकी भन्दै ब्यंग्य गरेका छन् ।
‘मिसन नौटंकी’ गाईजात्रा प्रस्तुति ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । दर्शकलाई हाँस्यब्यंग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले ‘मिसन नौटंकी’ सार्वजनिक गरिएको कलाकार रिजालले बताए ।
‘गाईजात्रे’ कोसेलीमा प्यारोडी पनि समेटेका छन् । यसपटक उनले हिट फिल्म ‘जाजै जात्रा’को गीत ‘लाइदेऊ माया पिरिम’मा प्यारोडी बनाएका छन् । जसमा रवि लामिछानेको जेल, नेताहरुको क्रियाकलाप, भ्रष्टाचार, लुटपाट लगायको विषय उठाएका छन् ।
२०६१ सालदेखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटंकी’ २२ औं कोसेली हो । गतवर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।
उनको पछिल्लो प्रस्तुतिमा राधिका हमाल, प्रेम शर्मा पौडेल, सावित्रा लामिछाने ‘सबु’, धिरेन्द्रसिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठूले दाई’, सविना बिक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैले गरेका हुन् ।
‘सधैँजस्तै यसवर्ष पनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने । उनी अहिले राष्ट्रिय नाचघरले आयोजना गर्ने गाइजात्रा कार्यक्रम तयारीमा जुटेका छन् ।
प्रतिक्रिया 4