+
+
Shares

पार्टी निर्णय कार्यान्वयनका लागि दबाब दिन कांग्रेसका ७ केन्द्रीय सदस्यको छलफल

केन्द्रीय सदस्यहरू नैनसिंह महर, जीतजंग बस्नेत, राजीव ढुङ्गाना, कुन्दनराज काफ्ले, नानु बाँस्तोला, उर्मिला थपलिया र माया राईले बुधबार छलफल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १५:००

७ साउन, काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो उमेर समूहका नेताहरु एकत्रित गराउने उद्देश्य सहित सात केन्द्रीय सदस्यले छलफल गरेका छन् । बुधबार सात केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् ।

केन्द्रीय सदस्यहरु नैनसिंह महर, जीतजंग बस्नेत, राजीव ढुङ्गाना, कुन्दनराज काफ्ले, नानु बाँस्तोला, उर्मिला थपलिया र माया राईले बुधबार छलफल गरेका हुन् । आजको बैठकको पहल बागमती प्रदेशका मन्त्री समेत रहेका कुन्दनराज काफ्ले र राजीव ढुङ्गानाले गरेका थिए ।

पार्टीले गरेका निर्णयहरु कार्यान्वयनमा दबाब दिने उद्देश्य सहित सात केन्द्रीय सदस्यले छलफल भएको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका राजीव ढुङ्गानाले जानकारी गराए । ‘पार्टीले गरेका निर्णय कार्यान्वयन गर्न दबाबपर्छ भनेर युवा पुस्ताका केन्द्रीय सदस्यको आज पहिलो बैठक गरेका हौं,’ ढुङ्गानाले भने,‘यो क्रम बढ्दै जान्छ । र, अरु साथीहरु पनि जोडिनु हुन्छ ।’

यो उमेर समूहका नेताहरुको छलफल निरन्तर हुने अर्का नेता काफ्लेले जानकारी गराए । युवा पुस्ताका नेताहरुले साझा मुद्धा बनाएर हातेमालो गर्ने अभिप्रायले छलफल सुरु भएको काफ्लेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?