
८ साउन, जनकपुरधाम । मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश सरकार परिवर्तनको अहिले कुनै सम्भावना नरहेको बताएका छन् ।
पछिल्लो समय कांग्रेस र एमालेले अर्को सरकारको बारेमा अभ्यास गरिरहेको भन्दै भ्रम फिजाइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।
‘मधेशमा अर्को सरकार गठनबारे हाम्रो पार्टीभित्र र गठबन्धनमा कुनै छलफल भएको छैन । तर, अफवाह फैलिंदा सरकारको गरिमा घटेको छ’, एमाले संसदीय दलका नेता समेत रहका उनले भने, ‘अहिले यही सरकारले निरन्तरता पाउँछ । नयाँ सरकार गठनको कुनै प्रयास भएको छैन ।’
मधेशमा पछिल्लो समय जनमत नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेको बेला मन्त्री यादवले सो कुरा प्रष्ट पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4