+
+
Shares

सेयर बजारका यी १० ठूला कम्पनी, तेस्रोमा झर्‍यो टेलिकम

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशाल बजारको कुल पूँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ र यो सेयर बजारको सबैभन्दा ठूलो कम्पनी हो।
  • नेपाल पुनर्बीमाको पूँजीकरण २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ र यो दोस्रो ठूलो कम्पनी बनेको छ।
  • नेपाल टेलिकमको पूँजीकरण १ खर्ब ६५ अर्ब रुपैयाँ छ र यो अहिले तेस्रो स्थानमा रहेको छ।

८ साउन, काठमाडौं । कुल सूचीकृत सेयर संख्याको बजार मूल्य (पूँजीकरण)का आधारमा सेयर बजारको ठूलो कम्पनी हो – विशाल बजार । बुधबारसम्म यस कम्पनीको सबै सेयरको कुल मूल्य २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । पूँजीकरण धेरै भएका कम्पनीले समग्र बजारलाई बढी प्रभाव पार्दछन् ।

विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा आएको छ । एक वर्षअघिसम्म पहिलो स्थानमा रहेको नेपाल टेलिकम अहिले तेस्रो स्थानमा छ । नेपाल पुनर्बीमाले पनि टेलिकमलाई जितेको छ ।

बुधबारसम्म नेपाल पुनर्बीमाको पूँजीकरण रकम २ खर्ब १२ अर्ब रुपैयाँ छ भने नेपाल टेलिकमको १ खर्ब ६५ अर्ब रुपैयाँ छ । बजारको चौथो ठूलो कम्पनी हो– नबिल बैंक ।

बुधबारसम्म यस बैंकको पूँजीकरण रकम १ खर्ब ४९ अर्ब रुपैयाँ छ । पाँचौंमा रहेको नागरिक लगानी कोषको १ खर्ब ३२ अर्ब रुपैयाँ छ । त्यसपछि बजारका ठूला कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एचआईडीसीएल हुन् ।

बुधबारसम्म हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १७ अर्ब, ग्लोबल आईएमईको ९९ अर्ब ८९ करोड, एभरेष्ट बैंकको ९९ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाको ८० अर्ब तथा एचआईडीसीएलको ७९ अर्ब रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?