+

टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको कीर्तिमान

२०८२ साउन  ९ गते ७:३७ २०८२ साउन ९ गते ७:३७
टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाका स्टार ब्याटर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका छन्।
  • उनी ३००० रन पूरा गर्ने पहिलो एसोसियट खेलाडी हुन्।
  • विरानदीपले २०१९ मा टी–२०आई डेब्यू गरेका थिए।

९ साउन, काठमाडौं । मलेसियाका स्टार ब्याटर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका छन् । उनी ३००० रन पूरा गर्ने पहिलो एसोसियट खेलाडी हुन् ।

२६ वर्षीय विरानदीपले यो कीर्तिमान बनाउन ९८ इनिङ मात्र समय लिएका छन्, जसले उनलाई अष्ट्रेलियाका एरोन फिन्चसँगै संयुक्त रूपमा चौथो छिटो ३ हजार रन पुरा गर्ने ब्याटर बनाएको छ।

२०१९ मा टी–२०आई डेब्यू गरेका विरानदीपले हालसम्म १०१ खेलमा ३,०१३ रन बनाइसकेका छन्, जसमा १ शतक र २१ अर्धशतक समावेश छन्।

उनले यो उपलब्धि टी–२०आई क्रिकेट इतिहासमा दोस्रो सबैभन्दा छोटो समयमा (वर्षको हिसाबमा) ३ हजार रन पुरा गर्ने कीर्तिमानका साथ हासिल गरेका हुन्।

डेब्यू गरेको खेलबाट सबैभन्दा छिटो यो कोशेढुंगा बनाउने उनी दोस्रो खेलाडी बनेका हुन् । बाबर आजमले ६ वर्ष २३ दिनमा ३००० रन पूरा गरेका छन् भने विरानदीप ६ वर्ष ३० दिन लगाए । यद्यपी आधिकारिक रूपमा इनिङकै हिसाबमा यो कीर्तिमानको हिसाब राखिन्छ ।

टी-२०आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी हाल १०औं स्थानमा छन् । सन्यास लिइसकेका भारतीय ब्याटर रोहित शर्मा १५१ इनिङमा ४२३१ रनका साथ शीर्षमा छन् ।

विरानदीप एसोसियटका उत्कृष्ट टी-२० ब्याटरमध्ये एक हुन् । मलेसियाले उल्लेखनीय उपलब्धि हासिल गर्न बाँकी भएपनि व्यक्तिगत रूपमा विरानदीप भने स्टार खेलाडीका रूपमा चिनिएका छन् ।

विरानदीप सिंह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय