+
+
Shares

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्के

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १५:०१

९ साउन, काठमाडौं । इरानको जेलमा रहेका पाँच जना नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो) उनीहरू काठमाडौं आएका हुन् ।

परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमश: सहज हुँदै गएको छ ।

ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई े अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?