News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते गर्ने जानकारी गराएको छ।
- क्यानले कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेको र आठ फ्रेन्चाइज टोलीलाई विवरण उपलब्ध गराउने बताएको छ।
- प्राविधिक समितिले मापदण्डअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गर्नेछ।
१० साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराउँदै कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेको र मिनी अक्सन साउन २४ मा हुने जानकारी गराएको हो ।
क्यानका अनुसार दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ। प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीको प्राथमिकताअनुसार अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची सार्वजनिक गरिने छ।
यसअघि आठ वटै टोलीले आ-आफ्ना रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर-डिसेम्बरमा हुने पूर्वनिर्धारित तालिका छ ।
प्रतिक्रिया 4