+
+
Shares

इलामका सगरमाथा आरोही सुनुवारलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामका सगरमाथा आरोही राजेन्द्र मुखिया सुनुवारलाई सुनुवार सेवा समाजले सम्मान गरेको छ।
  • राजेन्द्रले जेठ ९ गते बिहान ४.४० बजे सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका थिए।
  • इलाम सदरमुकामको होटेल इलाम हाइटमा आयोजित समारोहमा उनलाई सेवा समाज अध्यक्ष लीला सुनुवार र अन्य अतिथिहरूले सम्मान गरेका थिए।

काठमाडौं । इलामका सगरमाथा आरोही राजेन्द्र मुखिया सुनुवारलाई सम्मान गरिएको छ । सुनुवार सेवा समाज, इलाम शुक्रबार उनलाई सम्मान गरेको हो ।

इलाम सन्दुकपुर-१ का राजेन्द्र गत जेठ ९ गते बिहान ४.४० बजे सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका थिए । इलाम सदरमुकामको होटेल इलाम हाइटमा आयोजित समारोहमा सुनुवार सेवा समाज अध्यक्ष लीला सुनुवार र अन्य अतिथिहरूले राजेन्द्रलाई सम्मान गरेका हुन् ।

सहाभागीहरुले सिमान्तकृत सुनुवार समुदायको प्रतिनिधित्व गर्दै सगरमाथा हिमाल चढेको भन्दै राजेन्द्रलाई बधाई दिए । साथै थप प्रगतिका लागि शुभकामना पनि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?