
११ साउन, काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रहरीमा मुद्दा दर्ता हुने दर घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२३ प्रतिशतले मुद्दा दर्ताको दर घटेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार भएको पत्रकार सम्मलेनमा प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा दर्ताको दर घटेको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभरका प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको संख्या ५९ हजार २०३ थियो । तर आर्थिक वर्ष २०८१/८२ मा भने यो संख्या घटेर ५८ हजार ४७२ मा झरेको उनले बताए ।
पछिल्लो आर्थिक वर्षमा उकालो लागेको अपराधको ग्राफ आर्थिक वर्ष २०८१÷८२ मा भने केही घटेको हो ।
यसअघि आर्थिक वर्ष २०७८÷७९ मा ४६ हजार ९०२ र आर्थिक वर्ष २०७९÷८० मा ५६ हजार ३२३ वटा अपराधका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको थियो ।
प्रतिक्रिया 4