+
+
Shares

जनकपुरमा पानी माग्दै प्रदर्शन

जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघले मधेश सरकारविरुद्ध पानी माग गर्दै प्रदर्शन गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघले मधेश सरकारविरुद्ध पानी माग गर्दै प्रदर्शन गरेको छ।
  • संघीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा भूमि विधेयक खारेज वा संशोधन, मल र बिउको व्यवस्था, दीर्घकालिन पानी योजना ल्याउन माग गरिएको छ।
  • मधेश प्रदेश मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्न, मल खाद्यको व्यवस्था गर्न र बजेट छानबिन गर्न माग गरिएको छ।

११ साउन, जनकपुरधाम । जनकपुरधाममा पानी माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले प्रदर्शन गरेको छ ।

जनकपुरधामको जनक चोकबाट मधेश सरकारविरुद्ध विभिन्न भागमा निस्केको जुलुस विभिन्न नारासहितको प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

भ्रष्ट सरकार पानी दे, राहत प्याकेज घोषणा गर, किसान मार्न पाइँदैन, किसान विरोधी सरकार होसियार, चुरे दोहन बन्द गर लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापनपत्र बुझाएका  छन् ।

धनुषाको प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्चायमार्फत संघीय सरकारलाई बुझाएको ज्ञापनपत्रमा संघीय सरकारले ल्याउन लागेको भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बिउको व्यवस्था गर्नुपर्ने, सुक्खा ग्रस्तबाट बच्न र पानीको दीर्घकालिन योजना ल्याउनु पर्ने र किसान र कृषि क्षेत्रलाई समेट्ने गरी योजना ल्याउनु पर्ने माग गरिएको छ ।

यस्तै, मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाएको ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नु पर्ने, मल खाद्यको व्यवस्था गर्नुपर्ने लगायत प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमा दुईवटा रेडबुक बनाएको विषयमा छानबिन गर्नुपर्ने माग समेत उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?