+
+
Shares
बक्सअफिस :

‘सैयारा’ले अहिलेसम्म नेपाली बक्सअफिसमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय सिनेमा ‘सैयारा’ले नेपाली बक्सअफिसमा १० दिनसम्म ५ करोड ७६ लाख रुपैयाँ कमाएको छ।
  • चलचित्र विकास बोर्डका अनुसार ‘ऊनको स्विटर’ यसवर्ष सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ।
  • ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पिताम्बर’ र ‘होस्टेल ३’ क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन्।

काठमाडौं । भारतीय सिनेमा ‘सैयारा’ले नेपाली बक्सअफिसमा प्रदर्शनको १० दिनसम्म उत्कृष्ट कमाइ गरेको छ ।

यही गति कायम रहे, यो फिल्म सन् २०२५ को सुरुवाती ७ महिनामा नेपालको बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म बन्नसक्छ ।

चलचित्र विकास बोर्डको बक्सअफिसमा आइतबार बेलुकासम्म फिल्मको कूल ग्रस कलेक्सन ५ करोड ७६ लाख रुपैयाँ छ ।
भारतीय बक्सअफिसमा ९ दिनसम्म यसले २२०.७५ करोड भारु कमाएको छ ।

बोर्डको आइतबारसम्मको कमाइअनुसार घरेलु फिल्मतर्फ ‘ऊनको स्विटर’ यसवर्ष सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ । वर्ष सकिन केही महिना बाँकी रहेको र दशैंतिहारमा प्रतीक्षित फिल्म भएकाले यो अंकमा फेरबदल हुनसक्ने सम्भावना छ ।

दोस्रो स्थानमा ‘अञ्जिला’, तेस्रोमा ‘लाज शरणम्’, चौंथोमा ‘पिताम्बर’ र पाँचौमा ‘होस्टेल ३’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?