+

जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल

२०८२ साउन  ११ गते २२:१३ २०८२ साउन ११ गते २२:१३
जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित जगातीमा ५० हजार दर्शक क्षमता भएको आधुनिक रंगशाला निर्माणका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन्।
  • प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग कुराकानी गरेका हुन्।
  • दशरथ रंगशाला पर्याप्त नभएकाले नयाँ रंगशाला निर्माण आवश्यक भएको बताइएको छ।

११ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित जगातीमा ५० हजार दर्शक क्षमता भएको आधुनिक रंगशाला निर्माणका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन्।

सोमबार प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग यसबारेमा छलफल गरेका छन्।

छलफलमा जग्गा प्राप्ति र अन्य आवश्यक तयारीबारे महत्त्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत जानकारी दिइएको छ ।

दशरथ रंगशाला अब नेपालका खेलकुद आवश्यकताका लागि पर्याप्त नभएकाले नयाँ रंगशाला निर्माण आवश्यक भएको बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले केही दिनअघि एक कार्यक्रममा बोल्दै भक्तपुरको जगातीमा रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय