+
+
Shares

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते ७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले आर्थिक वर्ष २०८१/८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन गरेको छ।
  • कार्यालय प्रमुख लक्ष्मण घिमिरेले सवारीसाधन करतर्फ मात्रै १६ करोड ६७ लाख ४० हजार २ सय ९० रुपैयाँ संकलन भएको जानकारी दिए।
  • सेवा विस्तार र सेवाग्राही बढेसँगै राजस्व संकलन बढेको कार्यालयले बताएको छ।

१२ साउन, पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजस्व संकलन गरेको छ ।

गएको आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षक गरी २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै सवारीसाधन करतर्फ १६ करोड ६७ लाख ४० हजार २ सय ९० रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।

त्यस्तै सवारी दस्तुरतर्फ दुई करोड ७४ लाख ४८ हजार ५ सय रुपैंयाँ संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानीतर्फ २५ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ भने आयकरतर्फ ५१ लाख ४० हजार १ सय रुपैयाँ संकलन गरेको प्रमुख घिमिरेले बताए ।

आर्थिक वर्ष २०७९।८० मा १८ करोड ८४ लाख ८५ हजार ७९० संकलन भएकामा गत आर्थिक वर्षमा १ करोड ३४ लाख ३५ हजार १०० राजस्व बढी संकलन गर्न सफल भएको कार्यालय प्रमुख घिमिरेले बताए ।

सेवा विस्तार र सेवाग्राही बढेसँगै विगतका वर्षहरुमा भन्दा राजस्व बढ्दो रुपमा संकलन गरिएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ । यो कार्यालयमा पाल्पासँगै गुल्मी, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् ।

कार्यालयबाट सवारी चालक अनुमती पत्र, ब्लु बुक नवीकरण, रुट परमिट नवीकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने र दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र वितरणलगायतका काम हुँदै आएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय २०७१ मंसिर १० गतेदेखि पाल्पामा सुरु भएको हो ।

– कमल अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?