
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाम उपमहानगरपालिका–४ स्थित घरमा २३ वर्षीया शोभा मण्डल मृत फेला परेकी छन्।
- प्रहरीले शव ओछ्यानमा फेला परेको र परिवारले झुण्डिएको देखेर पासो काटेर तल झारेको बयान दिएका छन्।
- माइती पक्षले दाइजो विवादका कारण हत्या भएको दावी गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।
१२ साउन, जनकपुरधाम । जनकपुरमा एक महिला मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।
पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
यता माइती पक्षले भने शोभा मण्डलको हत्या भएको दावी गरेको छ । माइती पक्षका अनुसार दाइजोको विषयलाई लिएर घरायसी झगडा हुने गरेको थियो ।
शोभाको बिहे पाँचवर्ष अघि चन्दनसँग भएको थियो । उनीहरुका एक छोरी छिन् । शोभाको माइत महोत्तरीको बर्दिबास नगरपालिका १४ माइस्थान हो ।
प्रतिक्रिया 4