
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्ने ३१ वर्षीय दीपेश लम्साललाई महिलाको गलाको सिक्री थुतेको आरोपमा पक्राउ गरिएको छ।
- उनले ९ साउन दिउँसो ४ बजे काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा ७३ वर्षीया रुकमिणी रायमाझीको १ तोला २५.८ लालको सिक्री चोरी गरेका थिए।
- प्रहरीले उनलाई सोही दिन दिउँसो साढे ५ बजे कलंकीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
१२ साउन, काठमाडौं । पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल छन् ।
प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो । उनले ९ साउनको दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।
उनको १ तोला २५.८ लालको सिक्री चोरी गरेर फरार भएका उनलाई सोही दिन दिउँसो साढे ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4