News Summary
Generated by OK AI. Editorially reviewed.- आईएमडीबीले पछिल्लो महिनाका लोकप्रिय भारतीय सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ जसमा 'सैयारा' फिल्मका कलाकार शीर्ष स्थानमा छन्।
- पहिलो स्थानमा 'सैयारा' स्टार अहान पाण्डे, दोस्रोमा निर्देशक मोहित सुरी, तेस्रोमा अभिनेत्री अनित पड्डा छन्।
- अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान शीर्ष १० सूचीमा छैनन् भने आर माधवन १० नम्बरमा छन्।
मुम्बई । आइएमडीबीले पछिल्लो महिनाका लोकप्रिय भारतीय सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । शीर्ष १० सेलिब्रेटीको यो सूचीमा धेरैले आफ्नो स्थान गुमाएका छन् र केही स्टार छन् जसको नाम यस सूचीबाट हटाइएको पनि छ ।
अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान जस्ता स्टार शीर्ष १० को सूचीमा छैनन् । अहिलेको चर्चित फिल्म ’सैयारा’का दुवै कलाकार सूचीमा समावेश भएका छन् ।
शीर्ष ३ मा ‘सैयारा’का कलाकार र निर्देशक छन् । पहिलो स्थानमा ‘सैयारा’ स्टार अहान पाण्डे, दोस्रोमा निर्देशक मोहित सुरी, तेस्रोमा अभिनेत्री अनित पड्डा छन् ।
चौंथोमा अभिनेत्री ऐश्वर्या राय बच्चन, पाँचौमा फतिमा साना शेख, छैटौंमा कटरिना क्याफ, सातौं स्थानमा शाहरुख खान, आठौंमा आमिर खान छन् ।

’पञ्चायत ४’मा प्रधान जीकी छोरी रिंकीको भूमिका निर्वाह गरेकी सान्विका नवौं नम्बरमा छिन् ।
अभिनेता आर माधवन १० नम्बरमा छन्, जो हालैको आफ्नो फिल्म ’आप जैसा कोई’ को लागि चर्चामा छन् । यो फिल्म नेटफ्लिक्समा रिलिज भएको छ जसमा दर्शकले माधवनको अभिनयलाई धेरै मन पराएका छन् ।
विश्व फिल्मको डेटा संकलन गर्ने यो चर्चित वेब पोर्टलले विभिन्न समयपिच्छे सूची सार्वजनिक गर्ने गर्छ ।
New week, new rankings! ✨
IMDb’s Popular Indian Celebrities list is out now, featuring the stars that fans can’t stop talking about! ????
See who’s trending in India this week! Download the IMDb app on iOS and Android to check out the full list. ???? pic.twitter.com/bsYaRRPp39— IMDb India (@IMDb_in) July 24, 2025
प्रतिक्रिया 4