+
+
Shares

द फोर आवर वर्कविक : थोरै काम गरेर, धेरै सफलता कसरी पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिम फेरिसले लेखेको 'द फोर आवर वर्कविक' पुस्तकले कम समयमा धेरै काम गर्ने तरिका र जीवनशैली परिवर्तन गर्ने उपायहरू सिकाउँछ।
  • पुस्तकले चार चरणमा जीवनशैली परिवर्तन गर्न सिकाउँछ: परिभाषा, हटाउने, काम स्वचालित गर्ने र स्वतन्त्रता।
  • नेपालमा यो पुस्तकले समय व्यवस्थापन, आउटसोर्सिङ र अनलाइन व्यवसायका लागि उपयोगी सुझावहरू दिएको छ।

‘द फोर आवर वर्कविक’ टिम फेरिसले लेखेको एक विश्वप्रसिद्ध सेल्फ-हेल्प र बिजनेससम्बन्धी पुस्तक हो । यो पुस्तक पहिलोपटक सन् २००७ मा प्रकाशित भएको थियो । यसले विश्वभरका लाखौँ पाठकहरूलाई जीवनशैली परिवर्तन गर्न प्रेरित गरेको छ ।

यो पुस्तक विशेषगरी परम्परागत ९-५ को जागिर र व्यस्त जीवनशैलीबाट मुक्त भएर कम समयमा धेरै कुरा हासिल गर्न चाहनेहरूका लागि उपयोगी छ । नेपाली सन्दर्भमा पनि यो पुस्तक उद्यमी, स्वतन्त्र पेशाकर्मीहरू र आफ्नो जीवनलाई सरल बनाउन चाहनेहरूका लागि प्रेरणादायी छ।

कस्तो छ पुस्तक ?

‘द फोर आवर वर्कविक’ एक व्यवहारिक र प्रेरणादायी पुस्तक हो, जसले पाठकहरूलाई आफ्नो समय र ऊर्जालाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्ने सिकाउँछ । टिम फेरिसले आफ्नो व्यक्तिगत अनुभव र प्रयोगहरूलाई आधार बनाएर यो पुस्तक लेखेका छन् ।

पुस्तकको मुख्य सन्देश भनेको, ‘जीवनको लक्ष्य धेरै काम गर्नु होइन, बरु कम काम गरेर धेरै कुरा हासिल गर्नु हो’ भन्ने रहेको छ ।

यो पुस्तकले परम्परागत कामको अवधारणालाई चुनौती दिन्छ र ‘न्यू रिच’ को अवधारणा अघि सार्छ । जसको, अर्थ आर्थिक स्वतन्त्रता र समयको स्वतन्त्रता दुवै प्राप्त गर्नु हो ।

पुस्तकको शैली सरल र रोचक छ । फेरिसले जटिल कुराहरूलाई सरल बनाएर व्यावहारिक सुझावहरू दिएका छन् । नेपाली पाठकहरूका लागि यो पुस्तक उपयोगी छ किनभने यसले कम स्रोतसाधन र अवसर भएको अवस्थामा पनि कसरी आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।

यद्यपि, पुस्तकमा प्रस्तुत केही विचारहरू जस्तै:- पूर्णरूपमा ४ घण्टा काम गरेर जीवन चलाउनु नेपाली सन्दर्भमा लागू गर्न चुनौतीपूर्ण हुन सक्छ। तर, यसका सिद्धान्तहरू, जस्तै-: समय व्यवस्थापन, आउटसोर्सिङ र प्राथमिकता निर्धारण निकै मननयोग्य छन् ।

पुस्तकमा के-के छ ?

‘द फोर आवर वर्कविक’ ले चार मुख्य चरणमा आधारित रहेर आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सिकाउँछ, जसलाई फेरिसले डिल प्रक्रियाका रूपमा वर्णन गरेका छन् । यस पुस्तकका विभिन्न खण्डमा के-के छन् त ?

१. परिभाषा

यो खण्डमा फेरिसले पाठकहरूलाई आफ्नो जीवनको लक्ष्य र सपनाहरूलाई पुन: परिभाषित गर्न प्रेरित गर्छन् । धेरैजसो मानिसहरू ‘धनी बन्ने’ सपना देख्छन्, तर फेरिस भन्छन् कि साँचो धन भनेको पैसा मात्र होइन, समय र स्वतन्त्रता पनि हो । उनले पाठकहरूलाई प्रश्न सोध्छन्, ‘तिमी वास्तवमा जीवनमा के चाहन्छौ ?’ यो खण्डले तपाईंको प्राथमिकता र मूल्यहरू पुनर्विचार गर्न प्रेरित गर्छ ।

आफ्नो खुसी, रुचि के मा छ त्यसलाई लक्ष्य बनाउन प्रेरित गरिएको छ । ‘न्यू रिच’ को अवधारणा बुझ्नु, जसले पैसाभन्दा समय र अनुभवलाई महत्त्व दिन्छ। डर र सामाजिक दबाबलाई जितेर आफ्नो लक्ष्यतर्फ अघि बढ्नुपर्छ भन्ने यसमा उल्लेख छ ।

नेपाली सन्दर्भमा, यो खण्डले हामीलाई हाम्रो परम्परागत सोच, सरकारी जागि खानु सबैभन्दा राम्रो भन्ने कुरालाई चुनौती दिन प्रेरित गर्छ ।

२. हटाउने

यो खण्ड समय व्यवस्थापन र उत्पादकत्वको बारेमा छ । यसमा फेरिसले ८०/२० सिद्धान्तको प्रयोग गर्न सुझाव दिन्छन्, जसअनुसार ८० प्रतिशत नतिजा केवल २० प्रतिशत प्रयासबाट आउँछ । उनले अनावश्यक कामहरू हटाएर र महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गरेर समय बचाउन सकिने बताउँछन्।

जस्तो अनावश्यक इमेल, मिटिङ र कामहरू दैनिकीबाट हटाउने, कम प्राथमिकताका कामहरूमा समय खर्च नगर्ने सुझाव यसमा दिइएको छ । अनावश्यक रूपमा सामाजिक सञ्जाल तथा प्रविधिहरूको उपयोग गरेर समय खेर नफाल्न पनि भनिएको छ ।

हामी काम गर्दै जाँदा विभिन्न कुरामा फसिरहेका हुन्छौँ र महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गरिरहेका हुन्छौँ । यसबाछ बच्न यो पुस्तकले प्रेरित गरेको छ ।

३. काम स्वचालित गर्ने

यो खण्डमा फेरिसले आफ्नो व्यवसाय वा कामलाई स्वचालित गर्न र आउटसोर्सिङको प्रयोग गर्न सिकाउँछन् । कसरी साना व्यवसाय वा व्यक्तिगत परियोजनाहरूलाई कम खर्चमा स्वचालित बनाउन सकिन्छ भन्ने फेरिसले यसमा बताउँछन् ।

आयआर्जनका वैकल्पिक उपाय कसरी ध्यान दिने र त्यसलाई छिटो-छरितो कसरी सम्पन्न गर्ने उपायबारे उनले चर्चा गरेका छन् । नेपालमा अनलाइन व्यवसाय र स्वतन्त्र रुपमा आफ्नो काम गर्ने प्रवृत्ति बढ्दो छ । यस कारण नेपालीका लागि यो उपयोगी देखिन्छ ।

४. स्वतन्त्रता

अन्तिम चरणमा फेरिसले समय र स्थानको स्वतन्त्रता प्राप्त गर्न सिकाउँछन् । उनले ‘मिनी-रिटायरमेन्ट’ को अवधारणा प्रस्तुत गर्छन्, जसको अर्थ जीवनको अन्त्यमा रिटायर हुने पर्खाइ नगरी बरु अहिलेदेखि नै स्वतन्त्र जीवन बिताउनु हो ।

हरेक काम कार्यालयमा बसेरै गर्नुपर्छ भन्ने अवधारणाको सट्टा संसारको जुनसुकै ठाउँबाट काम गर्ने अवधारणा फेरिसले अघि सारेका छन् । सस्तोमा विश्व भ्रमण गर्ने र नयाँ अनुभवहरू बटुल्ने कुरालाई प्राथमिकता दिएका छन् ।

आफ्नो काम र जीवनलाई आफ्नो सपनासँग जोड्न सकेमा त्यसले खुसी दिने उनले बताएका छन् ।

पुस्तकको सकारात्मक पक्ष

यो पुस्तकले पाठकहरूलाई ठूलो सपना देख्न र परम्परागत सोचबाट बाहिर निस्कन प्रेरित गर्छ। समय व्यवस्थापन, आउटसोर्सिङ र अनलाइन व्यवसायका लागि उपयोगी सुझावहरू छन् ।यो पुस्तक विश्वभरका मानिसहरूका लागि लागू हुन्छ, नेपाली पाठकहरूले पनि धेरै कुरा सिक्न सक्छन्।

पुस्तकको नकारात्मक पक्ष

४ घण्टा काम गरेर पूर्ण जीवन चलाउन सकिन्छ भन्ने कुरा सबैका लागि सम्भव नहुन सक्छ, विशेषगरी नेपालजस्तो देशमा। केही सुझावहरू, जस्तै: सस्तोमा आउटसोर्सिङ) नेपाली बजारमा लागू गर्न गाह्रो हुन सक्छ । पुस्तकले जोखिम लिन प्रेरित गर्छ, तर सबै जना यस्तो जोखिम लिन तयार नहुन सक्छन् वा सक्षम नहुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?