+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १८:३९

१२ साउन, धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।

सोमबार प्रदेश सभाको बैठक सकिए लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी गरिएको जानकारी दिए । उनकाअनुसार प्रदेश सभा सदस्यहरुलाई १५ गतेसम्म प्रदेशको अस्थायी राजधानी धनगढी नछाड्न समेत निर्देशन दिइएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारले समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा (एक निलम्बन बाहेक) ५२ जना प्रदेश सभा सदस्य छन् ।

विश्वासको मतका लागि शाहलाई २७ जनाले समर्थन गर्नुपर्ने हुन्छ। अहिले शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ सांसद गरेर २९ जनाको समर्थन भएको उनले विश्वासको मत पाउनेछन्।

माओवादी केन्द्रका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ३ जना, राप्रपा र स्वतन्त्र सांसद १÷१ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?