+
+
Shares

मोबाइल अफ हुनुअघि बेपत्ता हायू परिवारको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिकाका १६ जना बेपत्ता परिवारको अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछापमा देखिएको खुलेको छ।
  • पक्राउ पत्ता लगाउन प्रहरीले सिमन्दीछाप क्षेत्रमा खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
  • सिमन्दीछापको टावरबाट सिन्धुलीको घर क्षेत्रको मोबाइल कभरेज देखिएको हुनसक्ने डीएसपी भोलाकुमार भट्टले बताए।

१२ साउन, काभ्रेपलाञ्चोक । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायूको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।

उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो ।

बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरी घटनास्थलतर्फ गएको छ ।

तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दीए ।

बिशेषगरी हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?