
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक १६ जना एउटै परिवारका सदस्य चार दिनदेखि बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ ज्वाइँ रहेका छन्।
- घरको भान्सा भागमा आगलागी भए पनि अन्य भाग र घर वरपर तलासी गर्दा उनीहरू फेला परेका छैनन्।
१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएपछि अहिले खोजतलास सुरु भएको छ ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि हराएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ ।
बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।
यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।
उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सा मा १-२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षती नभएको प्रहरीको भनाई छ ।
घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा तलासी गर्दा निजहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रतिक्रिया 4