+

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई ८ स्वर्णसहित १० पदक

२०८२ साउन  १२ गते १७:३४ २०८२ साउन १२ गते १७:३४
विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई ८ स्वर्णसहित १० पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ।
  • महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बविता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जिते।
  • पुरुष ७५ केजीमा सागर विष्ट र पुरुष ८५ केजीमा सुदर्शन खतिवडाले समान १–१ स्वर्ण र रजत पदक हात पारे।

१२ साउन, काठमाडौं । नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ ।

अजरवैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बविता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जितेको टोलीको प्रशिक्षक समेत रहेका नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जनले जनाएका छन् ।

त्यस्तै पुरुष ७५ केजीमा सागर विष्ट तथा पुरुष ८५ केजीमा सुदर्शन खतिवडाले समान १–१ स्वर्ण र रजत हात पारे ।

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय